कस्तो रहला आज मौसम ?

तु खबर संवाददाता
२०८१ मंसिर १९, बुधबार ०९:४३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने जनाएको छ । महाशाखाका अनुसार, देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ ।

यस्तै, आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसमविदका अनुसार, पछिल्लो केही दिन यता जाडो बढेको छ ।

२४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ती क्षेत्रमा पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।