प्रधानमन्त्रीको चीन भ्रमणः आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने

तु खबर संवाददाता
२०८१ मंसिर १९,बुधबार ०९:००
file-photo

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने भएका छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य राख्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

उनी चीनको चार दिने औपचारिक भ्रमणका लागि गत सोमबार बेइजिङ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली यही मंसिर २० गते अर्थात् भोलि बुधबार स्वदेश फर्कने कार्यसूची रहेको छ ।