लागूऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ
धनगढी । कैलालीबाट साढे ७ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिबम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाही रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा पुगेको प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायब निरीक्षक बिशनदत्त भट्ट नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरुको साथबाट ७ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
