समाचार

‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक

मकवानपुर । टोल विकास संस्थाहरुका लागि उपयोगी ‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक बागमती प्रदेशको राजधानी हेटौंडामा विमोचन गरिएको छ । पुस्तक बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन् । लक्ष्मण बजगाईद्वारा लेखिएको र नारायणप्रसाद बजगाईले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै...

‘धान जोन’ मै उत्पादन घट्यो

कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो । गत वर्ष ‘धान जोन’ मा चार हजार २१६ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष तीन हजार ६८८ मेट्रिकटन मात्रै धान उत्पादन भएको जिल्लास्थित प्रधानमन्त्री कृषि...

राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छः मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।...

पालुङ जेसीजको सप्ताह सुरु

मकवानपुर । पालुङ जेसीज वर्ष २०२४ को जेसीज सप्ताह सुरु भएको छ । शुक्रबार थाहा नगरपालिका वडा नं. २ को ऐतिहासिक पालुङगढीमा एक कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह सुरु गरिएको हो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख...

हेटौंडा–१२ उपनिर्वाचनः तिवारीको चुनावी अभियान जारी

मकवानपुर । आसनन स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारीको चुनावी अभियान जारी छ । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको निर्वाचनमा आफ्ना चुनावी एजेण्डा र वडाको समग्र विकासका योजनासहित तिवारी मतदाताहरुको घरदैलोमा पुगेर मत दिन आग्रह गर्दैछन् । नागरिकको...

हेटौंडामा दुई पुस्तकको विमर्श

मकवानपुर । मकवानपुरका हेटौंडामा दुई पुस्तक विमर्श भएको छ । पत्रकार सुधीर शर्माका “भिक्षु, व्यापार र विद्रोह” र “हिमालपारिको हुरी” नामक पुस्तक शुक्रबार एक कार्यक्रमबीच विमर्श गरिएको हो । उक्त पुस्तक विद्यार्थी, पाठक र प्राज्ञिकहरूको उपस्थितिमा विमर्श गरिएको हो । शर्माका दुवै पुस्तकले नेपाल, भारत र चीन बीचको जटिल...

धर्मको नाममा कसैलाई पनि अनादर गर्नु हुन्नः बानियाँ

मकवानपुर । बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले धर्मका नाममा कसैलाई पनि अनादर गर्न नहुने बताएका छन् । हेटौंडा–१७ गैरीगाउँमा आजबाट सुरु भएको श्रीमद् बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको समुद्घाटन कार्यक्रममा बोल्दै बानियाँले धर्मका नाममा कसैलाई पनि अनादर गर्न नहुने बताएका हुन् ।...

राक्सिराङमा २ करोड लागतमा विद्यालय भवन बन्दै, बानियाँले गरे शिलान्यास

मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिका ७ नम्बर वडास्थित विकट तल्लो गर्लिङमा करिब २ करोड रूपैयाँ खर्चिएर विद्यालय भवन निर्माण सुरु गरिएको छ । गर्लिङमा रहेको सातकन्या प्राथमिक विद्यालयको सात कोठे भवनको शुक्रबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् । लिसा हिमालय इभीमार्फत दिगो विकासका लागि एकता नेपालको...

गति लिँदै गौरिटार, मन्त्री महर्जनद्वारा स्थलगत निरिक्षण

हेटौंडा । हेटौंडा–६ गौरिटार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधार निर्माणको कार्यले गति लिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आज निर्माणाधीन पूर्वाधारको स्थलगत निरिक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले...

दुर्घटनामा परेर तीन जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बू रहेका छन्...