माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

तु खबर संवाददाता
२०८१ मंसिर २०,बिहीबार ०९:१९
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाद जारी छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटारमा बसिरहेको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसैगरी, बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि छलफल हुने जनाइएको छ ।