स्वदेश फर्कँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदैछ । प्रधानमन्त्री ओली चार दिने चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेका छन् ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिलगायत विभिन्न प्रमुख व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका एवं द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी मंसिर १७ गते चीनको बेइजिङ प्रस्थान गरेका थिए ।