एनपिएलमा आज दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो ।
आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्को सामना गर्नेछ । उक्त खेल बिहान बिहान ९ बजे सुरु हुनेछ ।
यसअघिका दुई खेलमा जित हासिल गरेको जनकपुर आज तेस्रो जित हासिल गर्ने लक्ष्यमा छ । यस्तै, हिजो खेल गुमाएको पोखरा आज पहिलो जितको हासिल गर्ने लक्ष्यमा रहेको छ ।
यस्तै, आज दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ । यी दुबै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।
प्रतियोगिता त्रिवि क्रिकेट मैदानमा हुनेछ ।