ख्रिष्टमसको अवसरमा शुभकामना आदानप्रदान
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ख्रिष्टमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
ख्रिष्टमस उत्सव २०८१ तथा नव वर्ष सन् २०२५ को अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल जिल्ला समिति मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले लोकतन्त्रसँगै समाज रुपान्तरण हुँदै गएको उल्लेख गरे ।
प्रदेश सरकारले गुम्बा, मठमन्दिर मात्र नभई चर्च पनि निर्माण गरिरहेको बताए । छुवाछुत विभेदको अन्त्य हुँदै गएको भन्दै उनले राज्यले निर्माण गरेको धार्मिक संरचनाको संरक्षण गर्न आग्रह गरे ।
कार्यक्रम राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल जिल्ला समिति मकवानपुरका अध्यक्ष नवराज घलानको अध्यक्षतामा भएको हो ।
सो क्रममा हरिबहादुर पाख्रिन, तीर्थलाल थिङ, सुकुमाया पाख्रिन, मिलन थिङ, छलिमाया सिन्तान, आशाकुमारी पाख्रिन दोङ, जगत दोङ, जंगबहादुर ब्लोन, सूर्यबहादुर प्रजा, मंगले पाख्रिनलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
यसैगरी, मिलन दोङ, प्रेमलाल थिङ, विष्णुराम प्रजा, बुद्धिमान दोङ, पंचबहादुर सिंतान, ब्रम्हा बहादुर ब्लोन, सन्चबहादुर सिन्तान, कुमार सिं स्याङ्तान, गजबहादुर स्याङ्तान, धनबहादुर थिङ, रणबहादुर थिङलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको केन्द्रीय मोम लामा दोङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली लागयतको सहभागिता रहेको थियो ।