समाचार

बागमती प्रदेश दुग्ध बिकास बोर्डको उपाध्यक्षमा पौडेल

हेटौंडा । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् । मंसिर २५ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश दुग्ध बोर्डको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । पौडेल चितवनको राप्ती नगरपालिका–७ निवासी हुन् ।...

लागूऔषध गाँजासहित एक जना पक्राउ

पर्सा । पर्साको वीरगंज महानगरपालिका–३२ परसवा गाउँबाट अवैध लागूऔषध गाँजासहित बिहीबर एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटरिया नगरपालिका-२ बस्ने ५५ वर्षीय खेदु पासवान रहेका छन् । उनलाई लागूऔषध गाँजा १ किलो १ सय ६० ग्रामसहित प्रहरी चौकी मिलन चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।...

शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन अघिल्लो दिनको तुलनामा शेयर कारोबारमा गिरावट आएको छ । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३ दशमलव ४२ अंक घटेको छ । बुधबार २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२ अंकमा कायम भएको छ ।...

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चन रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले...

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले बिहीबार लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते शुक्रबार प्रहरीले...

पत्रकार महासंघ मकवानपुरको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । शुक्रबार हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा २ जना पत्रकारको संगठनका उम्मेदवार छन् भने ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्...

हेटौंडा–१६ लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१६ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१६...

मकवानपुरमा करेन्ट लागेर एक जना घाइते

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन् । करेन्ट लागेर जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६, टिकसले बस्ने अन्दाजी २ड वर्षीय मनोज भोलन घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार आफ्नै घर नजिकै रहेको ट्रान्समिटरको फ्यूज जोड्छु भनी बिजुलीको पोलमा चढी फ्युज जोडने क्रममा...

हेटौंडा जेसीजको साधारणसभा पुष १२ गते

मकवानपुर । हेटौंडा जेसीज वर्ष सन् २०२४ को वार्षिक साधारणसभा तय भएको छ । पुष १२ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ कर्रा स्थित जेसीज सचिवालयमा साधारणसभा तय भएको महासचिव पंकजदास बानियाले जानकारी दिए । साधारणसभाका लागि हेटौंडा जेसीज वर्ष सन् २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलालाई निर्वाचन आयुक्तको जिम्मेवारी प्रदान...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने राति पनि...