समाचार

लागूऔषधसहित एक युवक पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईनसहित शनिबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ सलकपुर बस्ने २४ वर्षीय अभिषेक बस्नेत रहेका छन् । उनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम २ सय मिलिग्रामसहित लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको...

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रममा जारी छ । बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनाका बारेमा छलफल भइरहेको हो । पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल भइरहेको हो । स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने...

हेटौँडामा ‘दर्ज्यु संलाप’ वार्ता

मकवानपुर । निबन्धकार कुमारी लामाले आफू हुर्केको परिवेशलाई साहित्यमा समेट्दा अझ प्रभावकारी बन्ने बताएकी छिन् । शनिबार हेटौँडामा आफ्नो पछिल्लो निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ माथिको विमर्श कार्यक्रममा बोल्दै निबन्धकार लामाले आफ्नै पृष्ठभूमिका भुइँमान्छेका विद्रोहलाई निबन्धात्मक रुपमा ल्याउँदा निबन्धको दायरा अझै फराकिलो बन्न पुगेको बताइन् । समीक्षक निमेष निखिलको सुशासन...

सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम हेटौंडामा

मकवानपुर । सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्रै आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौंडामा डिलर बिस्तार गरेको छ । कम्पनीले हेटौंडामा पाँचौं डिलर विस्तार गरेको हो । डिलरको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । यति मोटर्स हेटौंडा अब सिएफ मोटो तथा...

स्थानीय प्रशासनकै मिलेमतोमा सामरी खोलामा विष हालियो

हेटौंडा । मकवानपुरगढीको सामरी खोलामा माछा मार्न विष प्रयोग गरिएको छ । विषको प्रयोगले माछासँगै जलजन्य जीवहरु नष्ट भएका छन् । नेपालको प्रचलित कानुनले नदिमा विष प्रयोग गर्न प्रतिबन्ध लगाएको भएपनि स्थानीय प्रशासनसँगको मिलेमतोमा माछा मार्न स्थानीयबासीहरुले विष प्रयोग गरेका हुुन् । जिल्लाकै प्रमुख नदिहरुमध्येको एक सामरी खोलामा ठूलो...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यद्यपि देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई र काठमाडौं उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना...

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा अधिकारी

मकवानपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गरे । अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का...

मकवानपुरको एक घरमा आगलागी, तीन लाखको क्षति

हेटौंडा । मकवानपुरको एक घरमा शुक्रबार अचानक आगलागी भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ६, सिलाङगेका दुर्गा लाल प्रजाको माटो र ढुंगाले बनेको फुसको घरमा खाना पकाउने क्रममा एक्कासी आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त आगलागीबाट तीन लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको...

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सकियो

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदान सकिएको छ । महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको हो । मतदान सम्पन्न भएसँगै प्रक्रिया अनुसार मतगणना सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको...

मकवानपुरका युवक मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरमा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५, इन्चराङस्थित काकडा जाने भित्री सडकखण्डमा एक युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उक्त शव मकवानपुरको राक्सिराङ...