मकवानपुरको एक घरमा आगलागी, तीन लाखको क्षति
हेटौंडा । मकवानपुरको एक घरमा शुक्रबार अचानक आगलागी भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ६, सिलाङगेका दुर्गा लाल प्रजाको माटो र ढुंगाले बनेको फुसको घरमा खाना पकाउने क्रममा एक्कासी आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त आगलागीबाट तीन लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। घर भित्र रहेको अन्नपात, लत्ताकपडा र भाँडा वर्तन जली नष्ट भएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन । उक्त आगो स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
