समाचार

१३ वर्षपछि पक्राउ परे नेपाल बैंकका तत्कालीन उपप्रबन्धक

काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि...

मोटरसाइकल दुर्घटनामा परेर बाबु–छोराको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटनामा परेर बाबु–छोराको मृत्यु भएको छ । आज बिहान १ बजेको समयमा झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र...

उद्योगमन्त्री दामोदर भण्डारी दक्षिण कोरिया प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएको अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी त्यसतर्फ...

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक लम्बियो

काठमाडौं । आइतबार सकिने भनिएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक लम्बिएको छ । वार्षिक कार्ययोजनासहित नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने भनिएपनि नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो । पार्टीका महासचिव घनश्याम भुसालले पेस गरेको ‘कार्ययोजना प्रस्ताव’माथि आइतबार बेदुराम भुसाल, रामकुमारी झाँक्री,विरोध खतिवडा, हरि पराजुली,शत्रुधन महतो र रामचन्द्र...

फ्रान्सको मायोट क्षेत्रमा शक्तिशाली आँधी

पेरिस । हिन्द महासागरमा अवस्थित मायोट टापुमा शक्तिशाली आँधी आएको छ । यो चक्रवात झन्डै १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । उक्त चिडो चक्रवातको वितण्डाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । चक्रवातको समयमा हावाको वेग २२५ किलोमिटर...

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

चितवन । मनकामना केबलकारको सेवा अब दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि आगामी पुस १ र २ गते सेवा बन्द गरिने बताए । उनका अनुसार, टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको हो ।...

‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको बताएका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आइतबार वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख...

हेटौंडाको बुद्धचोकबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३ ट्याब्लेट र फेनारगन २३ एम्पुलसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२, फुलबारी बस्ने ४३ वर्षीय साकार दाहाल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय...

सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदै ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एकैदिन दुई हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन शुक्रबार भने सुन तोलामा...

त्रिविद्वारा ८ संकायका डीन नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । हिजो शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो । बैठकले मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज...