समाचार

रविलाई म्याद थपको लागि आज अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई पछिल्लो पटक लिएको ५ दिनको म्याद सकिएकोले आज अदालतमा उपस्थित गराइने हो । अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइने जनाइएको...

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । मंसिर २६ गतेदेखि सुरु भएको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको हो । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा...

आज तीन संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सो बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा...

हेटौंडामा ट्रकले किचेर एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा लोड ट्रकले किचेर एक जना गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न हेटौंडा–४, रजजयन्ती चोक नजिक पूर्व–पश्चिम सडकखण्डमा ना ६ ख ३३७६ नम्बरको कनिका लोड ट्रकले साईकललाई ठक्कर लाग्नबाट बचाउँदा सडकको छेउमा बोरा ओडी सुतेको एक जनालाई किच्दा गम्भीर घाइते भएका हुन् । वीरगंजबाट हेटौंडातर्फ...

एमाले हेटौंडा नगरको अध्यक्षमा कार्की निर्वाचित

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन् । एमाले हेटौंडा उपमहानगरपालिकाको दोश्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । सोमबार भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हाँसिल गरेका हुन् । उनको निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ ले...

दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मउत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार बिहान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई...

आफैंमाथि गोली चलाउने असईलाई बर्खास्त गर्न सिफारिस

धनगढी । अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई)लाई बर्खास्त गर्न सिफारिस गरिएको छ । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको समितिले असई किसनबहादुर चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो । चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने...

नदीको किनारामा एक जनाको शव फेला

रुकुम पूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित कुनाखेत नजिकै सानीभेरी नदी किनारामा आज दिउँसो एक जनाको शव फेला परेको छ । उक्त शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ । उक्र घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट...

चितवनलाई वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

चितवन । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्ने तयारी गरिएको छ । यही पुस ११ गतेदेखि सुरू हुने १८ औँ हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा चितवनलाई रवन्यजन्तुको राजधानी घोषणा गर्ने तयारी गरेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । त्यसका लागि रत्ननगर नगरपालिका...

यू–१९ महिला एसिया कपः नेपालले पाकिस्तानलाई पराजित गर्यो

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । यससँगै नेपालले भोलि भारतसँग खेल्नेछ ।