समाचार
लागूऔषधसहित हेटौंडाका गोले पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडाबाट लागूऔषध गाँजासहित प्रहरीले मंगलबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा करिब ५ किलोसहित हेटौंडा उपमहानगरपालिका–१४ नयाँ बस्ती बस्ने ३३ वर्षीय चन्द्र बहादुर गोलेलाई पक्राउ गरेको जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको...
बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौँ । बझाङ जिल्ला केन्द्रविन्दु भएर आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर २ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्र बझाङको धमेना आसपासमा रहेको थियो । यो भूकम्प बझाङ र आसपासका जिल्लामा...
जसपा नेपालद्वारा विभाग र भातृ संगठनको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका विभाग तथा भातृ सङ्गठनहरूको बैठक आह्वान गरेको छ । जसपा नेपालका १७ वटा विभाग र ११ वटा भातृ सङ्गठनको बैठक आह्वान गरेको सो पार्टीका महासचिव रामकुमार शर्माले जानकारी दिए । उनका अनुसार, ती भातृ सङ्गठनहरूको अधिवेशन वैशाखभित्र सम्पन्न गर्ने गरी तयारीका...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आज सुन मंगलबारको तुलनामा तोलामा ७०० रुपैयाँले घटेको जनाएको हो । जसनुसार, आज सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुनको भाउ तोलामा एक लाख ५१ हजार ४००...
दुई दिन बन्द भएको मनकामना केबुलकार आजबाट पुनः सुचारु
सुलीकोट । नेपालको पहिलो केबलकार मनकामना केबलकार आजबाट सुचारु भएको छ । टावर मर्मत सम्भारका लागि दुई दिनसम्म बन्द भएको केबुलकार आजबाट पुनः सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिए । उनका अनुसार, मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गतेदेखि पुस...
हेटौंडाका दुई विद्यालय एकीकरण सम्बन्धी प्रकृया अगाडि बढ्यो
मकवानपुर । हेटौंडाका दुई ठुला विद्यालय एकीकरण सम्बन्धी विषयमा आवश्यक प्रकृया अगाडि बढाइएको छ । केहि समय अघिदेखि चर्चामा रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा अवस्थित श्री भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविलाई एकीकरण गरी मेगा विद्यालय बनाउने प्रकृया अगाडि बढेको हो । दुबै विद्यालयको व्यवस्थापन समितिको निर्णय र...
हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी सडकखण्डमा सवारी संचालनमा रोक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा सवारीसाधन संचालनमा रोक लगाइएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको उक्त सडकखण्डमा आजबाट पुष ११ गतेसम्म सवारी संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार,...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार, हाल त्यसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । साथै आज गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने...
चक्कु प्रहार गरेर बुवाद्वारा छोराको हत्या
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर–२ मा गएराति बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् । घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भई हाल भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले चक्कु प्रहार गरे आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीको हत्या गरेका हुन् । जिल्ला प्रहरी...
‘वडा केन्द्रित अभियान’ संचालन गर्ने तयारीमा एमाले
काठमाडौं । नेकपा एमालेले ‘वडा केन्द्रित अभियान’ संचालन गर्ने तयारी गरेको छ । एमालेले पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्यले आगामी माघदेखि चैतसम्म तीन महिने ‘वडा केन्द्रित अभियान’ अभियान सञ्चालन गर्ने तयारी गरेको हो । उक्त अभियान संचालनका लागि पार्टी केन्द्रीय सचिवालयसँग छलफल गरेर मोडालिटी बनाउने संगठन...










