गृह मन्त्रालयद्वारा चार प्रदेशका डीआईजीको सरुवा तथा पदस्थान

काठमाडौं । गृह मन्त्रालयले चार वटा प्रदेशका डीआईजीहरुलाई सरुवा तथा पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न चार प्रदेशका डीआईहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
सो कार्यालयका अनुसार, लुम्बिनी प्रदेशमा डीआईजी दानबहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ ।
यस्तै, भोलाबहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बढुवा भएका ८ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ । विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई र केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई ल्याइएको छ ।
डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभाग, हिमाल कुमार श्रेष्ठलाई अख्तियार र उमा प्रसाद चतुर्वेदीलाई प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा, रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।