रुखको हाँगाले लाग्दा प्रजाकोे मृत्यु

तु खबर संवाददाता
२०८१ पुष ७, आईतवार १५:४८
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा .राक्सिराङ गाउँपालिका वडा नम्वर ५, ठाडे गाँउमा बस्ने अन्दाजी ५२ वर्षीय महादेब प्रजा रहेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, आज बिहान पौने ११ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि प्रजासहित अन्दाजी ९–१० जनाको टोली गएका थिए ।

सो क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर लाग्दा उनको मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।