आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

तु खबर संवाददाता
२०८१ पुष ७, आईतवार १६:५८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफ्नै बुबाको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेत रहेका छन् ।

उनलाई आफ्नै बुबा ५० वर्षीय यदुबहादुर बस्नेतको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते घाइते भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।