समाचार
सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–९ शान्ति चोकमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।...
बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ः ५४ बजेको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार, बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको...
चैनपुर जेसीज मनहरीको अध्यक्षमा ढकाल
मकवानपुर । चैनपुर जेसीज मनहरी वर्ष सन् २०२५ को अध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् । सोमबार भएको जेसीजको दोस्रो साधारणसभा तथा अधिवेशनबाट ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । ढकाल जेसीज मनहरी वर्ष २०२४ को महासचिव थिए । यस्तै, जेसीजको कार्यकारिणी उपाध्यक्षमा मिलन ढुंगाना र मनोज...
मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ४९ औं एकता तथा मेलमिलाप दिवस २०८१ को अवसरमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । वि.पि.विचार समाज मकवानपुरले ‘नेतृत्वको सक्षमताः उज्यालो भविष्यको भरोसा’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित रोयल पार्टी प्यालेसमा...
मउवा संघको महासचिवमा विकेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको महासचिव पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । मउवा संघको नयाँ नेतृत्वको लागि यही पुष २७ गते निर्वाचन हुँदैछ । त्यसका लागि उनले महासचिव पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । वर्तमान उद्योग वाणिज्य संघको कार्य समिति सदस्य समेत रहेका श्रेष्ठले तु...
हेटौंडामा तमु ल्होसार मनाइयो
हेटौंडा । मकवानपुरको हेटौंडामा तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होसार मनाइएको छ । जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो विशेष पर्वको रुपमा तमु ल्होछार मनाएका हुन् । तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आज सोमबार हेटौंडा–११ स्थित शहिद स्मारकमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी तमु ल्होछार...
क्यान्सरविरूद्धको थप एचपिभी खोप ल्याइयो
काठमाडौ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप नेपाल ल्याइएको छ । आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप नेपाल ल्याएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजङ्ग रायमाझीले जानकारी दिए । ‘ एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को...
मकवानपुरमा बाघले ७ वटा बाख्रा मार्यो
मकवानपुर । मकवानपुरमा बाघले ७ वटा बाख्रा मारेको छ। जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५ बसन्तपुरमा बाघले ७ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, विहान ५ बजेको समयमा स्थानीय सूर्यबहादुर मोक्तानको घर नजिकै रहेको बाख्राको खोरमा ७ वटा बाख्रा मारेर सोहीमध्ये १ वटा...
सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले...
सिमलताल नजिकै बिहानै सवारी दुर्घटना, ६ जना घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै आज बिहान सवारी दुर्घटना भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले बिग्रिएर सडक छेउँमा रोकिराखेको मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर ६ जना घाइते...









