समाचार

सिन्धुपाल्चोकमा भूकम्प गयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा आज दिउँसो भूकम्प गएको छ । जिल्लाको माझीटार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दिउँसो ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का गएको हो । केन्द्रका विज्ञहरूले...

गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौंडाबाट बिहीबार बिहान दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका–१० नारायणी मल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० किलो २७० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका–५ भैराङ बस्ने ३० वर्षीया अंजली गोले र हेटौंडा उपमहानगरपालिका–३...

मकवानपुर उद्योग बाणिज्य संघमा विवाद

मकवानपुर । निर्वाचनको मिति नजिकिएसँगै मकवानपुर उद्योग बाणिज्य संघमा विवाद बढेको छ । मताधिकारको विषयलाई लिएर संघका ९ जना साधारण सदस्यको टोलीले एशोसिएट सदस्यता कायम राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निवेदन दिएको छ । प्रशासन कार्यालयमै पुगेर टोलीले सहायक जिल्ला प्रमुख अधिकारी ढोलकराज अधिकारीलाई न्याय माग गर्दै निवेदन हस्तान्तरण...

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० खैरे खोलाबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलो ४ सय ५ ग्रामसहित प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदिप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन्...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र भने मौसम सामान्यतया सफा रहनेछ...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गरिने जनाइएको छ । एमालेको केन्द्रीय कमिटी बैठक यही पुष २१ र २२ गतेका लागि आह्वान गरिएको...

माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सरेको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने गरी सरेको हो । बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए । उनका अनुसार, केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न स्थायी कमिटी...

मकवानपुरमा गैंडाको आक्रमणबाट एक वृद्धा घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा गैंडाको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा मनहरी–६, लोथरमा चितवनको राप्ती नगरपालिका १ नम्बर वडा दुबिचौरकी ७० वर्षीय दिलमाया स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बुधबार लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घाँस काटन...

मेलमिलाप दिवसको अवसरमा कांग्रेस मकवानपुरद्वारा सम्मानको सुरुवात

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले ४९ औँ राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसर पारेर आज हेटौंडामा मेलमिलाप कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले बीपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए । महामन्त्री थापाले पार्टीभित्रको...

नेपाली कांग्रेसको उद्योग विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली काँग्रेसका उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको उक्त विभागमा सदस्य थपेका हुन् । सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सदस्य थपेका...