समाचार

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने गरी बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे बस्ने गरी बोलाएको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । सो बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको उपनिर्वाचनको...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोईन्टस्थित पुर्व-पश्चिम सडकखण्डबाट बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा–६ बस्ने २५ वर्षीय निश्चल विश्वकर्मा र बाराको जितपुर सिमरा महानगरपालिका–३ बस्ने १९ वर्षीय आर्यन अन्सारी रहेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए...

हेटौंडामा सडक खाना महोत्सव हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा सडक खाना महोत्सव हुँदैछ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसन अफ मकवानपुरले चार दिने सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो । सो बारे आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । महोत्सव हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको...

स्थगित भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । आज बस्ने गरी बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । अपराह्न ४ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको जनाइएको छ ।

बागमतीका मुख्यमन्त्री लामाद्वारा ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं । चन्द्रागिरि नगर अस्पताल थानकोटलाई ‘भेन्टिलेटर’ हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले बिहीबार आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको सो भेन्टिलेटर अस्पताललाई हस्तान्तर गरेका हुन् । जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण मुख्यमन्त्री लामाले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण...

हेटौंडाबाट ५ जना बालश्रमिकको उद्दार

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले ५ जना बालश्रमिकको उद्दार गरेको छ । हेटौंडाको विभिन्न ठाउँमा अनुगमन गरी बालश्रममा रहेका ५ जना बालकहरुलाई उद्दार गरिएको हो । उनीहरुको नगर बाल अधिकार समितिअन्तर्गत्को बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिद्वारा उद्दार गरिएको हो । होटल, खाजा घर, वर्कशपलगायत विभिन्न ११ ठाउँमा अनुगमन गरिएकोमा...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । काठमाडौंबाट वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ३८ वर्षीय राज कुमार चौधरी र धनुषा मटिहानी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–९...

हेटौंडा औद्योगिक क्षेत्रमा १२ वटा उद्योग निर्माणाधीन अवस्थामा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा अवस्थित हेटौंडा औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको छ । उक्त औद्योगिक क्षेत्रमा अहिले बहुराष्ट्रिय कम्पनीसहित १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रका वरिष्ठ अधिकृत रमेशकुमार नेपालले जानकारी दिए । उनका अनुसार, ती उद्योगहरु अगामी २...

हेटौंडामा स्वाइन फिभर भाईरसका कारण सय बङ्गुरको मृत्यु

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा चालु आर्थिक वर्ष २०८१/०८२ मा स्वाइन फिभर भाईरसका कारण सय बङ्गुरको मृत्यु भएको छ । पशु सेवा कार्यालय हेटौंडाले बिहीबार आयोजना गरेको रोगबारे जनचेतना तथा अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराएको हो । कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरले चालु आवमा यस रोगका कारण हेटौंडा...

अफगानिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु

काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा बुधबार भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ...