समाचार

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष दलित आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख देवकोटालाई शनिबार बिहान एक कार्यक्रमबीच दलित आयोगका प्रवक्ता सुन्दर फुर्कुटीले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् । उनले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम...

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । शनिबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । उक्त बैठकलाई आज समापन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरूमाथि छलफल भइरहेको छ । साथै बैठकमा संविधान संशोधनका...

प्रेस युनियन मकवानपुरद्वारा चार जना पुरस्कृत

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई पुरस्कार प्रदान गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा चार जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । युनियन मकवानपुरले संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।...

क्रियाशिल कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा रहेको क्रियाशिल कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको १० औं साधारणसभा शनिबार चक्रदेवी सामुदायिक बन उपभोक्ता समितीको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रम हेटौंडा–११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष सरोज ढुङ्गनाको सभाध्यक्षतामा...

सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञान प्रसाद भूर्तेलले जानकारी दिए । हेटौंडा–८ स्थित गण परिसरमा...

विषादी संघ मकवानपुरमा पुनः ठकुरी

हेटौंडा । विषादी व्यवसायी संघ नेपाल मकवानपुर शाखाको अध्यक्षमा पुनः सुबास मल्ल ठकुरी चयन भएको छ । संस्थानको वार्षिक साधारणसभा तथा अधिवेशनबाट पुनः ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा निराजन बर्तौला, सचिवमा नेत्र ढुङ्गेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः...

लागूऔषध प्रयोगकर्ताका लागि थ्रीडी पेन्टिङ, कफी बनाउने र मौरीपालन तालिम

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा लागूऔषध प्रयोगकर्ताका लागि विभिन्न तालिम दिइएको छ । लागूऔषधमा फसेका व्यक्तिहरूलाई समाजमा पुनः स्थापित गर्ने उद्देश्यले सिआन पुर्नस्थापना केन्द्र हेटौंडाले थ्रीडी पेन्टिङ, कफी बनाउने र मौरीपालन तालिमको आयोजना गरेको हो । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सहयोगमा गत मंसिर २७...

हेटौंडा बचतको वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा शनिबार हेटौंडा उपमहानगरका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवम्ु संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष बस्नेतले...

प्याव्सन मकवानपुरमा पुनः विनोद सुवेदी

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी...

आफ्नो सीमामा चेकपोस्ट निर्माण गर्दै बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नो सीमामा अत्याधुनिक चेकपोस्ट निर्माण कार्य सुरु गरेको छ । शुक्रबार मधेश प्रदेशसँग सीमा जोडिएको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामाले चेकपोस्ट निर्माणस्थलको अनुगमन गरेका छन् । मुख्यमन्त्री लामाले स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माणस्थलको अनुगमन गरेका हुन् । प्रदेश...