समाचार

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा गएको भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । मंगलबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२६ पुगेको हो । भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित...

भुटनदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीद्वारा शपथ ग्रहण

हेटौंडा । भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहले नयाँ कार्यसमिति पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । समूहका अध्यक्ष सोमबहादुर लामा, उपाध्यक्ष सुरेश कुमार लामा, सचिव अन्जुकुमारी लामा, सह–सचिव इन्दिरा लामा र कोषाध्यक्ष उमा सुनारले पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसैगरी, सदस्यहरू दुर्गा बहादुर लामा, चन्द्रदेवी बि.क., यमुना सुनार,...

तामाङ संघ मकवानपुरको दोस्रो अधिवेशनको तयारी पूरा

मकवानपुर । नेपाली काँग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरको अधिवेशनको तयारी पूरा भएको छ । यही पुष २६ गते हेटौंडामा हुने संघको दोस्रो अधिवेशनको तयारी पूरा भएको हो । संघले पुष ६ मा अधिवेशनको तयारी बारे छलफलका लागि बैठक बसेर अधिवेशन मिति तय गरेको थियो । हेटौंडा–१३...

हेटौंडा–१३ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१३ ले आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको...

कांग्रेसका सभापति देउवा आज हेटौंडा आउँदै

मकवानपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज हेटौंडा आउने भएका छन् । बुधवार हुने मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्न सभापति देउवा हेटौंडा आउने भएका हुन् । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार अपरान्ह १२ बजे हेटौंडा–२ स्थित पल्पसा हलमा सभापति देउवा आईपुग्ने जानकारी दिए । सभापति...

हेटौंडामा बिहानै भुकम्पको धक्का महसुस

हेटौंडा । हेटौंडामा बिहानै भुकम्पको धक्का महसुस भएको छ । मंगलबार हेटौंडासहित देशका विभिन्न स्थानहरुमा भुकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु र क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। भूकम्पको धक्कापछि नागरिकहरू सडक तथा खुल्ला ठाउँमा निस्किएका छन्।

हेटौंडा–१० र ११ मा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० र ११ मा एक दिने समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० र ११ नं वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवम् सदस्यहरूको लागि उक्त कार्यक्रमको आयोजना गरेको हो...

हेटौंडा–१३ लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१३ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई यही पुष २४ गते बुधबार बालमैत्री...

सोमबार सेयर बजार उच्च अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४९ दशमलव १२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । आज परिसूचकसँगै कारोबार रकम बढेको छ । यसदिन ६ अर्ब ३० करोडको शेयर कारोबार भएको छ ।...

हेटौंडामा ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानीस्थित हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदैछ । रु ११ करोड ७४ लाख रुपैयाँमा उक्त स्थानमा क्रिकेट मैदान निर्माण भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिए । उनका अनुसार, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच...