समाचार
हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिलाको लगानी घर घरमा उद्यमी भन्ने नाराका साथ प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ । महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी बागमती...
हेटौंडामा कानूनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोग एवम् समन्वयमा हेटौंडाको ८ वटा वडाहरुमा एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत बिहीबार हेटौंडा–८ नं. वडामा गठित टोल विकास संस्था...
हेटौंडामा आज कुमा सागरको कन्सर्ट हुँदै
हेटौंडा । हेटौंडामा कुमा सागर एण्ड द ख्वोपा म्युजिक ब्याण्डको कन्सर्ट हुने भएको छ । नेपाल साउण्ड वेभ्स इभेण्ट्सको आयोजनामा आज (शुक्रबार) कुमा सागरको म्युजिक ब्याण्डको कन्सर्ट हुने भएको हो । हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा हुने कन्सर्टमा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम रहने कार्यक्रम संयोजक संगीत श्रेष्ठले...
बागमती प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यले लिए सपथ
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा मनोनित भएका १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सदस्यहरु क्रमश रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर),...
त्रिभुवन विमानस्थलबाट सुनसहित २ युवती पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली लुकाई छिपाई लैजान लागेको १४९.११ ग्राम सुनसहित विमानस्थलको आगमन गेटबाट २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१...
औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी भएको जिकिर गरेका छन् । सरकारले नियम, कानुन बनाउँदैमा मात्र लगानीमैत्री वातावरण नबन्ने भन्दै उनले औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी रहेको जिकिर गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको बुधबार हेटौंडामा भएके ५८...
हेटौंडामा विजनेश ईन्क्यूबेशन सेन्टरको स्थापना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विजनेश ईन्क्यूबेशन सेन्टरको स्थापना गरिएको छ । बागमती प्रदेश सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोगमा सो सेन्टरको स्थापना गरिएको हो । बुधबार एक कार्यक्रमबीच प्रदेशकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङले हेटौंडा–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गरिएको उक्त...
‘व्यवसायीहरुको हितको पक्षमा काम गर्न मेरो उम्मेदवारी’
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको यही पुष २७ गते हुने निर्वाचन अन्तरगत महासचिव पदको उम्मेदवार प्रतिमा श्रेष्ठले व्यवसायीहरुको हितको पक्षमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । २० वर्षदेखि व्यवसायी क्षेत्रमा आबद्ध रहेकी उनले सबै व्यवसायीको समस्याको विषयमा बोल्दै आएको भन्दै अब ती तमाम विषयहरुमा काम...
बकैया कप फुटबल प्रतियोगिता सुरु
हेटौंडा । मकवानपुरमा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्वर–३ स्थित बकैया रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रको विकासको लागि पहल...
मकवानपुरगढीको डुम्रेकुनामा श्रीमद्भागवत महायज्ञ हुने
मकवानपुर । मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ ।डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपा/जलेश्वर मन्दिर परिसरमा आगामी माघ २ गतेदेखि १० गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक संरचना निर्माणार्थ पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र...










