समाचार

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । सो बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र...

मकवानपुर उद्योग वाणिज्य संघ मत परिणामः कसले कति मत पाए ?

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोद सिं रानाभाट निर्वाचित भएका छन् । उनले १ हजार १४ मत पाउँदा अर्का उम्मेदवार अनिल अग्रवालले ७६५ मत पाएका थिए । त्यस्तै महासचिव पदमा प्रतिमा श्रेष्ठ विजयी भएकी छिन् । उनले १ हजार १२ मत पाउँदा प्रतिस्पर्धी अर्का उम्मेदवार विकेशलाल...

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँएर दुर्घटना हुँदा दुई जानाको मृत्यु भएको मकवानपुर प्रहरी नायव...

मउवा संघको अध्यक्षमा रानाभाट विजयी

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिल अग्रवाललाई पराजित गर्दै रानाभाट मउवा संघको अध्यक्षमा विजयी भएका हुन् । रानाभाटले १ हजार १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रवालले ७ सय ६५ मत प्राप्त गरेका थिए । मउवा...

फोनिज मकवानपुरको अध्यक्षमा वाईबा

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाको अध्यक्षमा नवराज वाईबा चयन भएका छन् । शनिबार हेटौंडामा भएको फोनिजको छैठौं जिल्ला अधिवेशनबाट वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, सहसचिवमा निशा गुरुङ र कोषाध्यक्षमा सोमलाल (भुवन) घलान चयन...

कालिदेवी दुग्ध उत्पादक सहकारीको २९ औँ साधारणसभा सम्पन्न

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित श्री कालिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ आँै वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विक्रम योञ्जनको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले कृषकले दूध विक्रि गरेबापत्को...

२ लाख ‘एचपीभी’ खोप नेपाल ल्याइँदै

काठमाडौं । २ लाख क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप नेपाल ल्याइँदै छ । आगामी माघ २२ गतेदेखि देश व्यापीरुपमा लगाउने तयारी गरेको सरकारले थप २ लाख मात्रा खोप ल्याउन लागिएको हो । सरकारले १५ लाख मात्राको एचपीभी खोप यसअघि नै ल्याइसकेको छ । १७ लाखमध्ये १५ लाख मात्रा खोप आइपुगेको परिवार...

कांग्रेसका २० विभागमा सचिव मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका २० विभागमा सचिव मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न २० विभागमा सचिव मनोनयन गरेका हुन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभिन्न विभागमा सचिव मनोनीत गरेका हुन् । जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले...

गाँजासहित मकवानपुरका एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो पौष २५ गते बिहीबार लागूऔषध गाँजा ८ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने वर्ष ४९ को रामलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । केन्द्रीय बैंकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र...