समाचार
२८ यात्रुलाई ‘फुड पोइजन’
काठमाडौं । काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे जानकारी प्राप्त भएपछि एक छानबिन समिति गठन गरेको छ । क्याथे प्यासिफिकको उडानमा छुट्टाछुट्टै मितिमा काठमाडौंबाट हङकङ गएका यात्रुलाई जहाजको खाना खाँदा फुड पोइजन भएको पाइएको विभागका प्रवक्ता मोहन...
एमाले र माओवादीसँग वार्ता गर्दै वामदेव
काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले नेकपा एमाले र नेकपा माओवादीसँग वार्ता गर्ने भएको छ । त्यसको लागि अभियानका अध्यक्ष वामदेव गौतमको नेतृत्वमा वार्ता कमिटी गठन गरिएको छ । शनिबार बसेको अभियानको बैठकले गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको हो । वार्ता कमिटीमा अभियानका उपाध्यक्षहरू...
हेटौंडाबाट गाँजासहित दुई जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । आज बिहान लागूऔषध गाँजा १५ किलो ७ सय ग्रामसहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–३ सिद्दकाली बस्ने ४० वर्षीय बाबु बल...
राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित एक समारोहबीच महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ वैज्ञानिक,...
रवि लामिछाने प्रहरीको हिराशतमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिराशतमा लगिएको छ । सभापति लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिराशतमा राखिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । सोही बमोजिम उनलाई प्रहरी हिराशतमा...
२५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार परिसूचाक (नेप्से) २५ अंकले घटेको छ । यसदिन नेप्से २५ दशमलव ४१ अंकले घट्दा २६०६९ दशमलव ६७ बिन्दुमा पुगेको छ । यस्तै, यसदिन सेयर बजारमा आएको गिरावटसँगै कारोबार पनि घटेको छ । ८० लाख २१ हजार ६३१ कित्ता...
बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामका अनुसार, ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेकी थिइन् ।
मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी अवैध लागूऔषध चरेश, अफिम तथा गाँजासहित एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी गराएका हुन् । प्रहरी प्रमुख खड्का अनुसार, शनिबार बिहान...
हेटौंडा–१२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१२ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१२ का वडाध्यक्ष...
गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु
पाल्पा । पाल्पामा फोर्स गाडीले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका अनुसार, बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएकी उनलाई उपचारको लागि लुम्बिनी...









