समाचार

हेटौंडा–१२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १२ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामालेबालबालिकाको क्षेत्रमा उपमहानगरले लगानी गरिरहेको बताइन् । उनले...

समाजवादी मोर्चाले माघ १६ गते बृहत् कार्यक्रम गर्ने

काठमाडौं । विपक्षी समाजवादी मोर्चाले यही माघ १६ गते बृहत् कार्यक्रम गर्ने भएको छ । पार्टीको बुधवार आलोकनगरमा बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले बैठकबारे जानकारी दिँदै सो बारे जानकारी दिए । यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास लिएको उनले बताए...

रक्तचन्दनको काठ सहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, पेप्सिकोलाबाट रक्तचन्दनको काठसहित मंगलबार दुुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका–१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रक्तचन्दनको...

रवि लामिछानेमाथिको थुनछेक बहस सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बुधबार भएको थुनछेक बहस सकिएको हो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष...

कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशक (नीति तर्फ) मा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् । तनहुँका उनलाई बुधबार प्रतिष्ठान प्रमुख समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले निर्देशकमा नियुक्त गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी सचिव पौडेलका अनुसार, नेपाली कांग्रेसको विधान,...

हेटौंडा–१० मा घरेलु उत्पादन प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा दोस्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम १० नम्वर वडा कार्यालयको आयोजनामा हुन लागेको हो । वडा कार्यालयले बुधबार पत्रकार सम्मेलनमार्फत् यही माघ ११ र १२ गते उक्त प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको...

आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेका छन् । उनी बुधबार दिउँसो पक्राउ परेकी हुन् । उनलाई काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो ।

दुई अंकले बढ्यो सेयर, ५ अर्ब ८२ करोडको काराबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाली बजारको सेयर परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से १ दशमलव ८३ अंकले बढेको हो । यसअघि सोमबार १५ दशमलव ५४ अंकले घटेर २ हजार ५९४ दशमलव १३ अंकमा बन्द भएको नेप्से आज २ हजार ५९५ दशमलव...

कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ९२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक...

१७ लाख ७० हजार एचपिभी खोप ल्याइयो

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि १७ लाख ७० हजार भन्दा बढी खोप ल्याइएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानका लागि १७ लाख ७० हजार चार सय थप खोप ल्याइएको हो ।...