समाचार

सुनको भाउ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महाशाखाका अनुसार, आज सुनको भाउ प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ प्रतितोला एक हजार ८८०...

लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्वर ५ बस्ने ३१ वर्षीय निरज धामी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले लागूऔषध खैरो हेरोइन ५ सय ५० मिलिग्रामसहित पक्राउ गरेको हो...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारी अनुसार, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ । देशको मध्य र पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली...

विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन भोलिको लागि सर्यो

काठमाडौं । संघीय सांसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन भोलिको लागि सरेको छ । बुधबार बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलनको गर्ने निर्णय गरेको थियो । तर, कार्यदलले ड्राफ्टलाई अन्तिमरूप दिन बाँकी रहेको भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सम्मेलन भोलि दिउँसो ३...

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक हाल जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू पनि सहभागी रहेको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनका अनुसार बैठकमा दलबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको पनि ब्रिफिङ...

आज चार संसदीय समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज विभिन्न चार वटा समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो । जसनुसार, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक...

मनहरीमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा तामाङ सामुदायको महान चाड सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका–७, स्थित बुद्ध शान्ति हरित पार्कमा २८६१ ९डुल ल्हो० सोनाम ल्होछारको अवसरमा २ दिने बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो । बुधबार सोनाम ल्होसार मुल समाराह समितिले पत्रकार सम्मेलनलमार्फत्...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक...

राष्ट्रपति पौडेलद्वारा भूमी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमी सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तीमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेको...

त्रिविद्वारा स्नातक तहको भर्ना अवधि थप

काठमडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहकोे भर्ना अवधि थप गरेको छ । त्रिविले भर्ना अवधि यही माघ ११ गतेसम्म थप गरेको होे । भर्नाको समय सकिएपनि कतिपय विद्यार्थी भर्ना नभएको तर, कक्षामा आउने गरेकाले भर्नाको समय थप गरेको त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले जानकारी दिए । उनका अनुसार, समय...