समाचार
भिमान कपः मनहरी–७ र चुरियामाई एफसी फाइनलमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा जारी दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता अन्तरगत मनहरी–७ र चुरियामाई एफसी रमौली मनहरी–७ फाइनमा प्रवेश गरेका छन् । आजको पहिलो खेलमा मनहरी–७ चुरियामाई एफसी र जनसिंद्ध एफसी मनहरी–३ बीच खेल भएको थियो । जसमा मनहरी–७ चुरियामाई एफसीले मनहरी–३ जनसिंद्धलाई १–० गोल...
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेको छ । बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले दल अनुशासन समितिको संयोजकमा बडूलाई तोकेको छ । यसैगरी, बैठकले अर्थ समितिमा डा.प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा...
हेटौंडा १२ र १३ मा समुदाय स्तरीय कानूनी शिक्षा अनुशिक्षण कार्यक्रम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ र १३ मा रहेका टोल विकास संस्था एवम् अन्य संघ–संस्थाका पदाधिकारी एवम् सदस्यहरूको लागि समुदाय स्तरीय कानूनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा भएको...
मकवानपुरगढीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुँदै
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा तामाङ सामुदायको महान चाड २८६१ (डुल ल्हो) सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ । कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुरगढी गाउँपालिकाले आयोजना गर्न लागेको हो । सो बारे बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा घेदुङ...
युवा संघ मकवानपुरद्वारा सरकारको ध्यानाकर्षण
मकवानपुर । राष्ट्रिय युवा संघ मकवानपुरले विभिन्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत् संघीय सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ मकवानपुरले कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग सम्बन्धमा बिहीबार प्रजिअमार्फत् सरकारको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष राजेश नगरकोटीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको सो टोलीले एक कार्यक्रमबीच प्रमुख...
हेटौंडा–५ लाई बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–५ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ५ गते शनिबार...
हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित
हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा आज बिहानैबाट हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको प्रहरीले जनाएको छ । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको जनाइएको छ । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ...
कांग्रेसद्वारा अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाहीको माग
काठमाडौँ । अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ । अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो । सोही घटनाका दोषिमाथि कारबाही गर्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् माग गरेका छन् । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर...
अध्यादेश सहमतिमै ल्याइएको होः कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले सहमतिमै सरकारले अध्यादेशहरु ल्याएको स्पष्टिकरण दिएको छ । सत्तारुढ दलसमेत रहेको कांग्रेसले आफ्नो पार्टी सँगको सहमति मै सरकारले अध्यादेश ल्याएको बताएको हो । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरुसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यस विषयमा प्रष्ट पारेका हुन् । ‘अध्यादेशको विषयमा हामी...
मुआब्जा नदिई रेल विभागले टेन्डर गरेको भन्दै विरोध
काठमाडौँ । मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले टेन्डर प्रक्रिया थालेको भन्दै महोत्तरीको बर्दिबासका जग्गाधनीले विरोध जनाएका छन् । बर्दिबास रेल परियोजना अन्तर्गत बर्दिबास नगरपालिकामा रहने स्टेसन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गरिरहेका १४ घरपरिवारहरुले सीमाङ्कन गरी विवाद समाधान गरी मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए...










