समाचार
‘फलामखानी र मल कारखाना खुल्दैछ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखाना जस्ता ठुला उद्योगको स्थापना हुने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ फलामखानी र मल कारखाना स्थापनाको क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएको बताउँदै उत्पादित ऊर्जाको खपतको चिन्ता नलिन आग्रह गरे । स्वतन्त्र ऊर्जा...
गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफत गर्ने
काठमाडौं । गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफत गर्ने भएको छ । भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको गृह मन्त्रालयले सो रकमकोे सम्पत्ति जफत गर्ने तयारी गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । उनका अनुसार, सर्वोच्च अदालतबाट जफत हुने भनेर...
अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । मोरङ, कञ्चनपुर, उदयपुर, कैलाली, झापा, सुर्खेत र कपिलवस्तुबाट प्रहरीले लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय ६० मिलिग्रामसहित बिहीबार दिउँसो एक...
मकवानपुर आएर राष्ट्रपति पौडेलले गरे फास्टट्रयाकको निरीक्षण
मकवानपुर । निर्माणाधीन काठमाडौँ–तराई/मधेश दु्रतमार्ग आयोजनाको आज राष्ट्रपति रामचन्द्र पौडेलले स्थलगत निरीक्षण गरी सो क्षेत्रमा भइरहेको कामकारबाही र प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नलगायतका विषयमा आवश्यक जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । निरीक्षणपछि...
शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुनको भाउ प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन...
रुपन्देहीमा कुटपिटबाट एक मजदुरको मृत्यु
बुटवल । रुपन्देहीमा कुटपिटबाट एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको सियारी गाउँपालिका–७, हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत उनको कुटपिटबाट मृत्यु भएको हो । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, कोशी, बागमती, गण्डकी प्रदेशमा आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ भने राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।...
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत बिहान ११ बजे न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । उक्त बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको...
बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक हेटौंडामा
हेटौंडा । बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक बिहिबारदेखि प्रदेश राजधानी हेटौंडामा सुरु भएको छ । संघ, प्रदेश र स्थानीय तह ऐन, २०७७ को दफा २४ (१) को व्यवस्था अनुसार मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, जिल्ला समन्वय समितिका...
मकवानपुर आउँदै राष्ट्रपति पौडेल
हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउने भएका छन् । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माण कार्यको अवलोकनका लागि उनी आज मकवानपुर आउन लागेको हो । ्राष्ट्रपति पौडेल बिहान ९ः३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बकैया–११ स्थित लेनडाँडा आइपुग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले...










