समाचार

भिमान कपको उपाधि मनहरी–७ लाई

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा भएको दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिताको उपाधि मनहरी–७ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चुरियामाई एफसी रमौली मनहरी–७ लाई पराजित गर्दै मनहरी–७ ले उपाधि हात पारेको हो । प्रतियोगितामा मनहरी–७ ले चुरियामाई एफसी रमौलीलाई ३–१ गोलले पराजित गरेको...

रेसुङ्गा विमानस्थलबाट नियमित उडान ठप्प

तम्घास । विगत एक महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान ठप्प भएको छ । नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका कारण नियमित उडान थप्प भएको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । पछिल्लो समय पौष ४ गते मात्रै विमानस्थलबाट उडान भएको र अहिले उडान हुन...

आइतबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं । साता साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला आठ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । यसअघि...

अमेरिकामा टिकटक बन्द

काठमाडौं । अमेरिकामा टिकटक बन्द भएको छ । चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको हो । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको जनाइएको छ । एप्लीकेशन खोल्दा टिकटक अहिले उपलब्ध नभएको र अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाइएकाले टिकटक...

१९५ किलो गाँजासहित मकवानपुरका एक जना पक्राउ

पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१९, बर्वाबाट गएराति अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जन रहेको जिलला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले...

हेटौंडासहित मकवानपुरको यी फिडरमा विद्युत अवरुद्ध

मकवानपुर । आज हेटौंडासहित मकवानपुरको विभिन्न फिडरमा विद्युत अवरुद्ध हुने भएको छ । बिहान १० बजेदेखि करिब ४ घण्टा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र हेटौंडाले जनाएको छ । विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमार्फत् जारी गरेको सूचना अनुसार, आज हेटौंडा–११, थानाभर्याङस्थित नयाँ २२० के.भि.स.स.अगाडि ११ के.भि....

मोटरसाइकल दुर्घटनामा परेर लामिछानेको मृत्यु

रुकुम (पश्चिम) । रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल...

खो खो विश्वकपको उपाधिका लागि नेपाली टोली भारतसँग भिड्दै

काठमाडौं । भारतमा जारी पहिलो खो खो विश्वकपमा नेपाली टोलीले आज भारतसँग भिड्दैछ । आज साँझ हुने फाइनल खेलमा नेपाली पुरूष र महिला दुवै टोलीले आज भारतसँग भिड्न लागेको हो । जसनुसार, महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुने भने पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८ः१५ बजे सुरु हुनेछ ।...

भिरबाट लडेर मकवानपुरकी महिलाको मृत्यु

मकवानपुर । भिरबाट लडेर मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ३, ईचुङस्थित घट्टेपाखा भिरबाट लडेर एक महिलाको मृत्यु भएके मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, मृत्यु हुनेमा स्थानीय ५३ वर्षीया चमेली माया पाख्रिन रहेकी छन्...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना...