समाचार

सरकारले खाद्यमा तेलको सीमा तोक्यो

काठमाडौं । खाद्यपदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकिइएको छ । सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी तेलको सीमा निर्धारण गरेको हो । सरकारले खाद्यपदार्थमा ट्रान्स फ्याटको मात्रा खाद्यपदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी नहुने गरी सीमा...

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटबाट गएराति पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा रहेका छन् । उनीलाई सशस्त्र प्रहरीको गस्ती टोलीले सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने...

माइती नेपालको आयोजनामा ३ महिने ब्यूटीपार्लर तालिम

हेटौंडा । मकवानपुरको हेटौंडामा ३ महिने ब्यूटीपार्लर तालिम आज समापन भएको छ । माइती नेपाल मकवानपुरको आयोजानमा तालिम भएको थियो । ‘हाम्रो आवाजः चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सिपमुलक तालिम सिकाएर उनीहरुको आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको...

किवानिज क्लव अफ हेटौंडा नेपालको आयोजनामा अभिमुखिकरण

हेटौंडा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था किवानिज क्लव अफ हेटौंडा नेपालको आयोजनामा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका १२ मदानपुरमा बाल अधिकार तथा अर्गानिक पौष्टिक आहार सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा किवानिज क्लव अफ...

हेटौंडामा खेलकुद महोत्सव हुँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले दोस्रो वडा खेलकुद महोत्सव आयोजना गर्ने भएको छ । ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आउँदो माघ ९ गतेदेखि फाल्गुन १७ सम्म वडा स्तरीय, नगर स्तरीय तथा जिल्ला स्तरीय खेलकुद महोत्सवको आयोजना गर्न लागिएको वडा अध्यक्ष नविन...

राष्ट्रिय परिचयपत्र विरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर भएको रिट निवेदन खारेज गरिएको छ । उक्त रिट सर्वोच्च अदालतले आइतबार खारेज गरेको हो । यससँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरु मारमा पर्न सक्ने...

१२.५८ अंक बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अंकले बढेर २ हजार ६०१ दशमलव २१ अंकमा बन्द भएको हो । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७ दशमलव ३३ अंकले घटेर...

प्रधानमन्त्रीद्वारा स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने...

मागी खाने र ठगी खानेलाई गरि खाने बर्ग बनाउने पार्टी कांग्रेसः नेता बानियाँ

नयाँदिल्ली । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मागी खाने र ठगी खानेलाई गरिखाने वर्ग बनाउने पार्टी कांग्रेस भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित मालवीय स्मृति भवनमा आईतवार नेपाली जनसम्पर्क समिति भारतको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, वीपी बिचार, प्रवासीको समस्या बारे अन्तरक्रियाको साथै प्रशिक्षण कार्यक्रममा बोल्दै नेता...