समाचार

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको र तराइका...

जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही माघ १९ र २० गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा...

मकवानपुरका प्रकाशले गरे विद्यालयलाई न्यानो कपडा सहयोग

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का प्रकाश स्याङ्तानले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा सहयोग गरेका छन् । सोमबार मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि ५ सम्मका करिब ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । स्याङ्तान हाल दक्षिण...

शहिद दिवस मनाउन मूल समारोह समिति गठन

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । बैठकले यही माघ १४, १५ र १६ गते विभिन्न कार्यक्रमको...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, दिपज्योती डाँडाबाट अवैध लागूऔषध गाँजासहित आइतबार दिउँसो दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका–२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो थारू रहेको जिल्ला...

तीन अर्ब १९ करोड राजस्व संकलन

मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा तीन अर्ब १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८१–०८२ को गत साउनदेखि पौष महिनाको अन्तिमसम्ममा १९ करोड ६ लाख २२ हजार राजस्व संकलन गरेको हो । कार्यालय प्रमुख युक्तप्रसाद...

बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको संख्या बढ्दो

हेटौंडा । बागमती प्रदेशमा पछिल्लो समय समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएको छ । प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । यससँगै प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको संख्या पाँच पुगेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलले जानकारी दिए । उनका...

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ, बाँके र कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ३ सय ६० मिलिग्रामसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको...

एमाले सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक मंगलबार बस्ने गरी आह्वान गरिएको छ । बैठक मंगलबार बेलुका ४ बजे बस्ने गरी आह्वान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, गत पौष तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । सो...

त्रिविमा स्ववियु निर्वाचन सर्याे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सारेको छ । आगामी फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत्र ५ गतेका लागि सारिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार, चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको हो ।...