समाचार
राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले यही माघ १८ गते दिउँसो १ बजे बस्ने गरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । उनले सरकारको सिफारिस अनुसार दुबै सदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सो कार्यालयबाट मंगलबार...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा १६०० अभियुक्तलाई क्षमादान
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२१ जनवरी ६ को क्यापिटल हिल दंगामा संलग्न करिब एक हजार ६ सय जना अभियुक्तलाई क्षमादान दिएका छन् । ट्रम्पको कदमले अधिकांश अभियुक्तले माफी पाएका छन् भन् प्राउड ब्वाइज र ओथ कीपर्स मिलिसियाका १४ सदस्यहरूको सजाय कम भएको छ । जसमा अधिकांश विद्रोहको...
मंगलबार सुनचाँदीको भाउ बढ्यो की घट्यो ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भो प्रतितोला १ हजार १०० रुपैयाँ बढेको जनाएको छ । मूल्यवृद्धि भएसँगै यसदिन छापावाल सुन प्रतितोला १ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १...
मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१ प ०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमै मृत्यु...
पुनः संचालनमा आयो मकवानपुर–काठमाडौं जोड्ने दुई सडक
मकवानपुर । सडक स्तरोन्नति तथा सम्हारका लागि यातायात संचालनमा रोक लगाएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः संचालनमा आएको छ । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक पूर्ण रुपमा संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ । थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरिभन्ज्याङ खण्ड गत...
हेटौंडामा एक महिलाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा एक महिलाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, स्वर्गलोकस्थित लिलामणी पौडेलको घर अगाडीको बरण्डामा सोमबार एक महिलाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, उक्त शव मनहरी गाउँपालिका वडा नम्वर ३, हाडीखोला घर...
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले साउनदेखि पौष मसान्तसम्मका गरी ६ महिनामा सम्पन्न गरेका प्रमुख कार्यहरूको बारेमा जानकारी गराएको हो । सो अवधिमा १२ जना घाइते र अपांगता भएका व्यक्तिहरूलाई ४ लाख ५५...
मउवा संघको सदस्य र सल्लाहकार मनोनित
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको कार्यसमिति सदस्य र सल्लाहकार मनोनित भएका छन् । संघको सोमबार बसेको कार्यसमिति बैठकले कृष्णप्रसाद घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । यस्तै, बैठकमा संघको सल्लाहकारमा ८ जनालाई मनोनित गरेको छ । जसमा आनन्दराम पराजुली, सरोज खनाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारी,...
मकवानपुर ट्राफिकले सुरु गर्यो ‘शुभयात्रा अभियान’
मकवानपुर । मकवानपुर ट्राफिक प्रहरीले शुभयात्रा अ भियान सुरू गरेको छ । चितवनबाट सुरुवात गरिएको शुभयात्रा अभियान मकवानपुर ट्राफिक प्रहरीले पनि सुरु गरेको हो । सवारी दुर्घटना न्यूनीकरणका लागि सुरु गरिएको ‘शुभयात्रा अभियान’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पनि आइतबार सुरु गरेको हो । जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता...
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक बेलुका ४ बजे बस्ने गरी बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पौष तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो ।...










