समाचार

आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालयले तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको हो । प्रहरी प्रतिवेदनको आधारमा उनीमाथि गौशाला प्रहरीले...

कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका हुन् । कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागको सदस्यहरुमा क्रमशः कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल...

भरुवा बन्दुकसहित मकवानपुरबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नं. १, गडुवान बस्ने वर्ष ५२ को जीतबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय...

८१ किलो गाँजासहित मकवानपुरका एक जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८, सिम्पानीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४, बस्ने वर्ष २२ को छेटुप थिङ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा ८१...

कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदुत डा. शर्माबीच छलफल

नयाँदिल्ली । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्माबीच भेटवार्ता भएको छ । उनीहरुबीच भारतको राजदुतावासमा बुधबार विहान भेटवार्ता भएको हो । भेटको क्रममा उनीहरुबीच नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ । भेटमा भारतमा बसेर ब्यवसाय गरिरहेका ब्यवसायीहरुको...

बालबालिकालाई न्यानो कपडा वितरण

हेटौंडा । डिभाइन युथ क्लब नेपाल हेटौंडा तथा जगत्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रले मकवानपुरको बागमती गाउँपालिका– ३ स्थित तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका ६६ जना बालबालिकाहरुलाई मंगलबार न्यानो कपडा तथा शैक्षिक सामग्री उपलब्ध गराइएको क्लब हेटौंडाका...

राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिले सिईओमा पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो । पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका उनले त्रिभूवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हाँसिल गरेका छन् । कम्पनीको सीईओ...

आज चार संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, पूर्वाधार विकास समिति, पूर्वाधार विकास समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्नेछ ।...

रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेको जनाइएको छ । त्यसका लागि उनी हिजै (मंगलबार) विमानस्थल हुँदै भैरहवा पुगेका छन् । लामिछाने आज अदालत हाजिर हुने...

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् । गैँडाको आक्रमणबाट घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, भण्डारीलाई यही माघ ३ गते...