आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८१ माघ ९, बुधबार १७:३०
file-photo

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालयले तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको हो । प्रहरी प्रतिवेदनको आधारमा उनीमाथि गौशाला प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

उनलाई गत माघ २ गते पक्राउ गरिएको थियो । पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी सुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् ।