समाचार
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि बस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक भोलि माघ ११ गतेदेखि बस्ने भएको छ । माघ १२ गतेसम्म काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको हो । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्ने बैठक बिहान ११ः०० बजेदेखि सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए...
भारतमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३ नेपालीको सनाखत
नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये हालसम्म ७ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये तीन जना नेपाली नागरिक रहेको खुल्ल आएको बुझिइएको छ । नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी...
नालीमा घोप्टो परेको अवस्थामा मृत भेटिए हेटौंडाका बल
मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबार एक जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, लामसुरेस्थित सिमेन्ट फ्याक्ट्रिको मोडको नालामा एक जनाको शव भेटिएको हो । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बस्ने अन्दाजी ६२ वर्षीय मिनबहादुर बलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
आज देशभरको मौसम सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...
असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउन हेटौंडामा र्याली
हेटौँडा । असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउनका लागि हेटौंडामा बृहत् र्यालीको आयोजना गरिएको छ । र्याली बुधबार गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको आयोजनामा भएको हो । बुद्धचोकबाट सुरू भएको र्याली कान्तिलोकपथ र स्कुलरोड हुँदै सिमाचोमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा पेरिस सम्झौतासमेत लागू गर्न, जलवायु संकट...
हेटौंडा जेसीजको महासचिवमा न्यौपाने मनोनीत
हेटौंडा । हेटौंडा जेसीजको महासचिव पदमा संजय कुमार न्यौपाने मनोनीत भएका छन् । उनी बुधबार हेटौंडामा सम्पन्न हेटौंडा जेसीजको पदस्थापन कार्यक्रमबाट वर्ष २०२५ का लागि मनोनीत भएका हुन् । यसअघि हेटौंडा जेसीज वर्ष २०२४ को शाखा सम्पादक रहेका उनलाई हेटौंडा जेसीजका नव निर्वाचित अध्यक्ष पंकजदास बानियाँले महासचिवमा मनोनीत गरेका...
२४ औं सशस्त्र प्रहरी दिवस मनाइयो
मकवानपुर । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरले सशस्त्र प्रहरी दिवस मनाएको छ । सशस्त्र प्रहरीले विविध कार्यक्रमको आयोजना गरी विविध कार्यक्रम गरी २४ औं सशस्त्र प्रहरी दिवस मनाएको हो । दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, मैदाटोलस्थित गण परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो...
हेटौंडामा मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु भएको छ । ‘मानसिक स्वास्थ्यको ख्याल गरौँ’ भन्ने नाराका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ह्यूम्यान नेपाल धनगढीले बुधबारदेखि मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु गरेको हो । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट छनौट भएर आएका १५...
५२ अंकले बढ्यो सेयर बजार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ५२ दशमलव ३६ अंकले बढेको छ । उच्च अंकले बजार बढ्दा परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबार ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार...
चीनमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बझोङको आन्याङ जिल्लामा एक ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा बुधबार बिहान ११ः४० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते...









