राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि बस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक भोलि माघ ११ गतेदेखि बस्ने भएको छ । माघ १२ गतेसम्म काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्ने बैठक बिहान ११ः०० बजेदेखि सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, सो बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुनेछ ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो १ः ०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
