समाचार

तामाङ विद्यार्थी घेदुङ मकवानपुरले वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्दै

हेटौंडा । नेपाल तामाङ विद्यार्थी घेदुङ मकवानपुरले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । यही माघ २० गते तामाङ समुदायको विशेष पर्व तथा नयाँ वर्ष मञ्जुश्री संवत् २८६१ (डुक ल्हो) सोनाम ल्होछारको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । ‘तामाङ इतिहास र सोनाम ल्होछार’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना...

हेटौंडामा आज अनुप्रस्थको कन्सर्ट हुँदै

मकवानपुर । हेटौंडामा आज अनुप्रस्थको कन्सर्ट हुने भएको छ । मकवानपुर स्टुडेन्ट म्यूजिक फेस्टिभलको पहिलो प्रस्तुतीअन्तर्गत् क्यान्सर पीडित तथा सडक बालबालिका सहयोगार्थ कन्सर्ट हुने भएको हो । द एयस एण्ड सिक्स इभेन्ट्सको आयोनामा हेटौंडा–५ सानोपोखराको जय गणेश पार्टी प्यालेसमा हुने कन्सर्टमा करिव १२ सय दर्शक सहभागी हुने आयोजकको अनुमान...

२४ सैं घण्टा खानेपानी वितरणको योजना बनाउँदै बोर्ड

मकवानपुर । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले आफ्नो वर्तमान अवस्थाको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षलगायतका विभिन्न क्षेत्रका सरकोकारवालासहित अन्तरक्रिया गरिएको हो । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले...

हेटौंडा–१ नम्बर वडा बालमैत्री घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार १ नम्बर वडामा रहेको नकौली आधारभूत स्वास्थ्य केन्द्र बाँझोडाँडाको परिसरमा एक कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री घोषणा गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले १ नम्बर बालमैत्री वडा भएको घोषणा गरेकी हुन्...

कांग्रेसले संसदीय दलको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले यही माघ १३ गते दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक...

‘स्वदेशी हस्तकला र कृषि उत्पादन उद्यमशीलताका महत्वपूर्ण स्तम्भ हो’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले स्वदेशी हस्तकला, कृषि उत्पादन प्रयोग र वितरण उद्यमशीलताका महत्वपूर्ण स्तम्भ रहेको बताए । शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा दोस्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम एवम् शैक्षिक मेला २०८१ को उद्घाटन गर्दै प्रदेश प्रमुख देवाकोटाले यस्तो बताएका हुन्...

अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मकवानपुरका मोक्तान

हेटौंडा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) को केन्द्रीय सदस्यमा मकवानपुरका राजेन्द्रकुमार मोक्तान निर्विरोधन निर्वाचित भएका छन् । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट भुगोल तर्फ मकवानपुरका मोक्तान निर्विरोध निर्वाचित भएका हुन् । क्रान्तिकारीको सम्मेलनबाट भुगोलतर्फ बागमती प्रदेश अन्र्तगतको सिन्धुपाल्चोकबाट हरि पौडेल, रसुवाबाट भुवन थापा मगर, धादिङबाट...

हेटौंडाका पाख्रिनको लडेर मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा लडेर आज (शुक्रबार) दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित ठुलो सुगौली बस्ने वर्ष अन्दाजी ९७ को हरिबहादुर पाख्रिन रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दिउँसो १२...

बागमती प्रदेश सभा बैठक आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १५ औं अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) दिउँसो बसेको बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले यही माघ १८ गते बिहान ११ बजे...

सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको उक्त समितिले यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको...