समाचार
त्रिविको प्रिन्सिपलका लागि सोमबार अन्तर्वार्ता
काठमडौं । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलका लागि सोमबार अन्तर्वार्ता हुने भएको छ । छनोट तथा सिफारिस समितिले आवेदन दिएका दुई जनाको अन्तर्वार्ता लिन लागेको हो । उक्त पदका लागि प्राडा अक्कलदेव मिश्र र सहप्राध्यापक डा. उद्धव सिग्देलले आवेदन दिएका छन् । छनोट समितिले प्रिन्सिपलका लागि तीन जनाको नाम...
जसपाले आगामी चैतमा संघीय परिषद् भेला गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी चैतमा संघीय परिषद् भेला गर्ने भएको छ । शनिवारबाट वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले भेला काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिए । मिति र स्थान भने पछि तय गर्ने उनको...
आइतबार १०.४१ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अंकले घटेर २ हजार ६४३ दशमलव ९३ अंकमा झरेको छ । यसदिन बजारमा ९ अर्ब १२ करोड बराबरको कारोबार भएको छ । बजारमा...
एमालेद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक मंगलबार दिउसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार, संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कैलाली, दाङ र सिराह जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने २७ वर्षीय दुर्गेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको छ । उनलाई लागूऔषध ब्राउनसुगर...
हेटौंडा–३ नम्बर वडा बालमैत्री घोषणा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडालाई आइतबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–३ लाई निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको...
सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक परसरमा आज (आइतबार) रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सहिद स्मारक विकास समितिद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज तेस्रो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापनमा भएको सो कार्यक्रममा १४ जनाले रक्तदान गरेको समितिका...
प्रेस चौतारी बागमतीको अधिवेशन चितवनमा हुने
हेटौंडा । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनमा हुने भएको छ । आगामी फागुन ७ गते चितवनमा प्रेस चौतारीको प्रदेश कमिटिको अधिवेशन गर्ने तय भएको बागमती प्रदेश कमिटिका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत् काम भइरहेको उनले बताए ।...
ल्होछारको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन विदा दिने
मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १६, १७ र १८ गते सार्वजनिक विदा दिने निर्णय गरेको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । तामाङ समुदायको बाहुल्यता रहेको...
२०० ले घट्यो सुनचाँदीको भाउ
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ । आज साता कारोबारको पहिला दिन अर्थात आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको...










