समाचार
प्रेस सेन्टर स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । प्रेस सेन्टर मकवानपुरले हेटौंडामा मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले तथ्यपूर्ण र जनपक्षिय पत्रकारितामा जोड दिएका छन् । हाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट र...
क्रेष्ट माइक्रो लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । सो कम्पनीले आज माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ खुल्ला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १००...
प्रथम सहिद क्या.लखन थापाको शालिकमा माल्यार्पण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ स्थित प्रथम सहिद क्या. लखन थापाको शालिकमा माल्यार्पण गरिएको छ । सहिद स्मारक विकास समितिद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार स्व. थापाको शालिकमा श्रद्धापूर्वक माल्यार्पण गरिएको हो । कार्यक्रम लखन वाटीका व्यवस्थापन समितिको व्यवस्थापनमा भएको हो । प्रथम सहिद लखन थापा मगर स्मृति...
सत्यम् जेभियर्स माविमा वादविवाद् प्रतियोगिता सम्पन्न
हेटौंडा । हेटौंडाको सत्यम् जेभियर्स माध्यमिक विद्यालयमा वडा स्तरीय वादविवाद् प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा उपमाहानगरपालिका ४ वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ को संयोजकत्व एवम् सत्यम् जेभियर्स माविको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । ‘नेपालको सन्दर्भमा विश्वव्यापीकरण वरदान कि अभिसाप’ विषयक वावदविवाद् प्रतियोगितामा सत्यम्...
कस्तो रहला दिनभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ । आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली...
समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रम आज हुँदै
काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रम आज हुँदैछ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारेर आज गर्न लागिएको हो । नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले बुधबार सबै हल बुकिङ भइसकेकाले कार्यक्रम मंगलबारका लागि सारिएको जानकारी दिए । कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो...
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँँसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी आह्वान गरिएको हो । सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा आउँदो...
खानेपानी तथा सिँचाई मन्त्रालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक
मकवानपुर । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगतिको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले प्रदेशको राजधानी हेटौंडामा सोमबार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पौष मसान्तसम्ममा सम्पन्न गरेका प्रमुख कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको हो । सो अवसरमा प्रदेशको १३...
हेटौंडा आइपुगे अभिनेता नीर शाह
मकवानपुर । गीतकार तथा वरिष्ठ अभिनेता नीर शाह हेटौंडा सोमबार हेटौंडा आइपुगेका छन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले प्रदान गर्ने अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार ग्रहण गर्न उनी हेटौंडा आएका हुन् । शाहलाई प्रतिष्ठानले मंगलबार १६ औँ संस्करणको ’बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ बाट पुरस्कृत गर्दैछ...
हेटौंडामा विद्यालय शिक्षा विधेयक २०८० माथि प्रदेशस्तरीय छलफल
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सपद्यालय शिक्षा विधेयक २०८० माथि प्रदेशस्तरीय छलफल गरिएको छ । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विचाराधीन अवस्थामा रहेको उक्त विधेयकमाथि सोमबार हेटौंडामा छलफल गरिएको हो । छलफलमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल, बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, प्रदेशसभाका...










