समाचार
बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटाले दिए ल्होछारको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज बिहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना दिएका छन् । सोनाम ल्होसार २०८१ को अवसरमा एक सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामनासहित शुभकामना दिएका...
आज विविध कार्यक्रम गरी सोनाम ल्होछार मनाइँदै
काठमाडौं । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाइँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । आजदेखि सर्प वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ ।...
वाईबा तामाङ समाजको हेटौंडामा शुभकामना आदानप्रदान
मकवानपुर । वाईबा तामाङ समाज मकवानपुरको आयोजनामा बुधबार हेटौंडामा सोनाम ल्होछार, डुल ल्हो (सर्प) वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ । मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार डुल ल्होको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले थर विशेषका...
लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट प्रहरीले अवैध लागूऔषधसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित पर्सा घर भएका ३० वर्षीय बिनोद सहनीलाई पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, हेटौंडाबाट...
एकीकृत समाजवादीको बैठक माघ २८ देखि
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन २ सम्म केन्द्रीय कमिटी बैठक बस्ने गरी बोलाएको महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार, बैठकमा पछिल्ला...
हेटौंडा–१३ मा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, पदमपोखरीस्थित ठूलोथली गुम्बाडाँडामा आगामी फागुन २ गते सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोनाम ल्होछार बृहत् साँस्कृतिक मूल समारोह समितिले बुधबार हेटौंडा–१० स्थित होटल माउन्टमा पत्रकार सम्मेलनको आयोजना गरी २८६१ ओैँ ल्होछार पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागेको...
पूर्वाधार विकास समितिको बैठक स्थगित
रमेश फुलेल काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बुधवार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भए पनि १२ जना मात्रै सांसद उपस्थित...
ल्होछारको अवसरमा चियापान तथा शुभकामना कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । बुधबार तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको...
‘सहिदहरुको योगदानको कदर गर्नसके मात्रै प्रजातन्त्रको भविष्य उज्वल हुन्छ’
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सहिदहरुले राष्ट्रको लागि दिएको योगदानको कदर गर्नसके मात्रै गणतान्त्रिक प्रजातन्त्रको भविष्य उज्वल हुने बताएका छन् । प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको स्वतन्त्रता र प्रजातन्त्रको पुनस्थापनाको लागि...
नीर शाहलाई बजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान
मकवानपुर । १६ औं संस्करणको बिजुलीमाया वन श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले एक कार्यक्रमको आयोजना नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो । शाहले...









