समाचार
‘इमान्दारीपूर्वक कार्य गर्न सकेमा जनताले संघीयताप्रति विकल्प खोज्दैनन्’
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले संघीय सरकार र प्रदेश सरकारले इमान्दारीपूर्वक कार्य गर्न सकेमा जनताले संघीयताप्रति विकल्प नखोज्ने बताएका छन् । बागमती प्रदेश सभाको सातौ वार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले अहिले मुलुकमा संघीयता आवश्यक नरहेको भनि टिकाटिप्पणी भइरहेको अवस्थामा संघीय सरकार र...
नेपाल पानी उद्योग महासंघको घोषणा
मकवानपुर । देशैभरीका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको छ । हेटौंडामामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघको घोषणा भएको हो । उक्त भेलाबाट बिक्रम लिम्बु चेमजोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा...
कस्तो रहला देशभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने...
हेटौंडामा सानोम ल्होछार मनाइयो
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछार मनाइएको छ । बिहीबार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले तामाङ साँस्कृतिक महोत्सव–२०८१ को आयोजना गरी सोनाम ल्होछार मनाएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, स्थित टिसिएन चौरमा आयोजित उक्त महोत्सव मकवानपुर...
अर्थ समितिको बैठक बस्दै
काठमाडौँ । अर्थ समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने जनाइएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन...
संसदबाट अध्यादेशको प्रतिवाद गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदबाट अध्यादेशको प्रतिवाद गर्ने निर्णय गरेको छ । सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै माओवादीले संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको हो । बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए । ६...
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने तयारी गरिएको छ । १९ वटा वडा रहेको हेटौंडालाई बालमैत्री घोषणा गर्ने तयारी गरिएको हो । हेटौंडा उपमहानगरकी महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले...
हेटौंडामा निसन्तानपन भएका दम्पतीको निःशुल्क परीक्षण हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा यही माघ १९ गते निसन्तान (बाझोपन) को समस्या रहेका दम्पतीको निःशुल्क परीक्षण गरिने भएको छ । सेवा सहयोग र आवाजमा हामी संस्थाको आयोजना तथा प्यासिफिक अस्पताल कुपोन्डोल ललितपुरको सहकार्यमा निःशुल्क परीक्षण हुन लागेको हो । हेटौंडामा रहेको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले राप्ती...
ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।...
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह हुँदैछ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा यही माघ ३० गतेदेखि फागुन ७ गतेसम्म “श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ“ हुने भएको हो । महायज्ञ अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास...










