समाचार

मकवानपुर ट्राफिकद्वारा एक करोड ३२ लाख राजस्व संकलन

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पछिल्लो ६ महिनाको अवधिमा एक रोड ३२ लाख रुपैयाँभन्दा बढीको राजस्व संकलन गरेको छ । मकवानपुर ट्राफिकले चालु आर्थिक वर्ष २०८१/८२ को गत साउन महिनादेखि पुष मसान्तसम्ममा एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक...

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

काठमाडौँ । नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा फागुन १६ गतेबाट चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता...

हेटौंडाको सबै स्वास्थ्य केन्द्रबाट एचपीभी खोप दिइने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको सबै स्वास्थ्य केन्द्रबाट महिलाका लागि पाठेघरविरुद्धको एचपीभी खोप दिइने भएको छ ।सोमबार हेटौंडा उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुर्यप्रसाद तिवारीले  सो बारेमा जानकारी गराएका हुन् । हेटौंडामा यही माघ २२ गतेदेखि २८ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप...

हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुने

मकवानपुर । हेटौंडामा यही माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सह–आयोजनामा उक्त महोत्सव हुन लागेको हो । सोमबार पत्रकार सम्मेलनमार्फत् आयोजकले सो बारे जानकारी गराएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा...

स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् । उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको...

लायन्स क्लब स्मारकद्वारा स्वीटर सहयोग

हेटौंडा । लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका–७ मा रहेको कोथलिटार आधारभुत विद्यालयलाई स्वीटर सहयोग गरेको छ । लायन्सको वार्षिक कार्यक्रमअन्तर्गत आइतबार उक्त बिद्यालयलाई स्वीटर सहयोग गरिएको हो । अधिकांश विपन्न चेपाङ समुदायको बालबालिका अध्ययनरत विद्यालयलाई लायन्सले सहयोग गरेको हो । जाडोको समयमा विद्यार्थीलाई चिसोबाट बच्न राहत पुगोस्...

रास्वपा संसदीय दल बैठक बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाइएको छ । बैठक यही माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाएको पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए । बैठक दलका उपनेता श्रेष्ठकै संयोजकत्वमा बस्नेछ । सो बैठकमा संसद्को हिउँदे अधिवेशनको विषयमा छलफल हुनेछ...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, देशको तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको...

सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक साँझ ५ बजे बस्ने गरी आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, सो बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ । सत्तापक्षमा हाल एमाले,...

सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि ‘एडभाइजरी’

काठमाडौं । सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन एक सय दुई बुँदे साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो । एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप,...