समाचार
आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदनको लागि आज अन्तिम दिन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । माघ ९ गतेदेखि बिक्री गरिरहेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता...
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै १...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले विभिन्न प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, तराईमा धेरै स्थानहरूमा भने हुस्सु तथा कुहिरो लागेको छ । यस्तै, आज दिउँसो कोशी, बागमती, गण्डकी...
हेटौंडा–३ लाई आज बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लाई आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–३ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष ढलकबहादुर थापाले जानकारी दिए । उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको...
हेटौंडामा आजबाट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिता नेपाल बुद्धिचाल महासङ्गको प्रमुख आयोजना तथा मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको व्यवस्थापनमा हुन लागेको हो । नियमित राष्ट्रिय प्रतियोगिता गरी खेलाडीहरुको प्रतिभालाई प्रष्फुटन गर्दै अन्तराष्ट्रिय...
प्रेस सेन्टरमा शर्मा
हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा एमपी शर्मा चुनिएका छन् । वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ, नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ, सुरेश बल, कोषाध्यक्षमा राजेश थापा चयन भएका छन् । सदस्यमा...
मन्त्री महर्जनले गरे राईजिङ भरतपुर गोल्डकपको उद्घाटन
चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग समन्वय गर्न बागमती सरकार तयार रहेको बताए...
सहिद दिवसको अवसरमा सरसफाई कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक परसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सहिद स्मारक विकास समितिद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन शनिबार बिहान विशेष सरसफाई कार्यक्रमको आयोजना गरेको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए । सरसफाइ कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ,...
‘सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भयो’
मकवानपुर । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएको बताएका छन् । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद समेत रहेका उनले मकवानपुरको मनहरीमा रहेको नदी उकाश जमिनमा मध्यवर्तीले काम गर्न नदिएको भन्दै सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएको बताएका हुन् ।...
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने
हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, संगठनको उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा, सचिवमा गोपीरमण प्याकुरेल, सह–सचिवमा सविता लामिछाने, कोषाध्यक्षमा भावना सापकोटा र...








