नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

तु खबर संवाददाता
२०८१ माघ १२, शनिबार १६:३६

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

यस्तै, संगठनको उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा, सचिवमा गोपीरमण प्याकुरेल, सह–सचिवमा सविता लामिछाने, कोषाध्यक्षमा भावना सापकोटा र सह–कोषाध्यक्षमा दिपेश लामा चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः सविता तिमल्सिना, भरत पोखरेल, सरोज फुयाल, इश्वर आले, रत्नबहादुर स्याङ्तान, गिता पौडेल, लालुमाया रुम्बा, सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गिताकुमारी न्यौपाने र हरिहर खनाललगायत चयन भएका छन् ।