प्रेस चौतारी बागमतीको अधिवेशन चितवनमा हुने
हेटौंडा । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनमा हुने भएको छ । आगामी फागुन ७ गते चितवनमा प्रेस चौतारीको प्रदेश कमिटिको अधिवेशन गर्ने तय भएको बागमती प्रदेश कमिटिका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।
अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत् काम भइरहेको उनले बताए । उनका अनुसार, अधिवेशनमा काठमाडौं उपत्यका बाहे्कका १० जिल्लाबाट प्रतिनिधी छनौट भएर आउने छन् ।
अधिवेशनको क्रममा प्रेस चौतारी बागमती पुरस्कार ४ जनालाई र उत्कृष्ट शाखालाई सम्मान वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
साथै उक्त अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने उनले बताए ।
