समाचार

माओवादीद्वारा विपक्षी दलको बैठक आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ । बैठक माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी रहेको माओवादीका नेताहरुले बताएका छन् । बैठकमा सबै विपक्षी दलहरूलाई बोलाएको जनाइएको छ ।...

१११ किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोइन्टस्थित सडकखण्डबाट १ सय ११ किलो लागूऔषध गाँजासहित माघ १ गते मंगलबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका...

‘भूकम्पबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउनुपर्छ’

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भूकम्पबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउनुपर्ने बताएका छन् । प्रदेश प्रमुख देवकोटाले वि.स.२०७२ को बिनाशकारी भुकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भुकम्पहरुले तर्साइरहेको सन्दर्भमा यसबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउनुपर्ने बताएका हुन् । प्रदेश प्रमुख देवकोटाले बुधबार २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस...

मकवानपुरमा सडेको अवस्थामा वृद्धको शव फेला

मकवानपुर । मकवानपुरमा सडेको अवस्थामा एक वृद्धको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका –२, रिठेडाँडामा सोमबार सडेगलेको अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव जिल्लाको कैलाश गाउँपालिका–७, भार्ताका ७० वर्षीय टिकाराम प्रजाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी...

यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट सुरु हुने

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत्र ७ गतेबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार, पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत...

मनहरी फुटबलः आज दुई खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछ । जसमध्ये आज पहिलो खेल चुरियामाई एफसी रमौली मनहरी–७ र मनहरी–९ बिच हुँदैछ भने दोस्रो खेल मनहरी–७ र युनिक एफसी मनहरी–३ बिच हुनेछ । खेलकुद विकास समिति...

हेटौंडामा सवारी दुर्घटना, तीन जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, सिपाली चोकमा सोमबार सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । फापरवारीबाट हेटौंडातर्फ आउँदै गरेको बा ९ च १३३८ नम्वरको कारले तिब्र गतिका कारण सोही ठाउँ बस्ने प्रकाश गौतमको एक तले पक्की घरको सटरमा ठक्कर दिँदा तीन जना घाइते भएको...

बागमती प्रदेश प्रमुखद्वारा माघी पर्वको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले एक सन्देश जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्‍नति तथा समृद्धिको शुभकामना व्यक्त गरेका हुन्...

हेटौंडा–८ कमानेमा अनेम संघको प्रशिक्षण कार्यक्रम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा अखिल नेपाल महिला संघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार एमाले पार्टी कार्यालय कमानेमा अनेम संघ ८ नम्बर वडा कमिटीले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अनेम संघकी जिल्ला सचिव शुशिला मल्लले महिला आन्दोलनको इतिहास, अनेमसंघको उपलब्धि र कार्यदिशाको विषयमा...

मउवा संघको नवनिर्वाचित कार्यसमितिद्धारा शपथ ग्रहण

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष प्रमोद सिं रानाभाटसहित कार्यसमितिले आज सपथ लिएको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराएका हुन् । समितिका अध्यक्ष रानाभाटसहित उपाध्यक्ष क्रमश दीपक उप्रेती, उज्वल चौलागाईं, राजु अधिकारी र काव्यमणि अधिकारीले सपथ लिएका हुन् । त्यस्तै महासचिव...