समाचार
मकवानपुरमा भिरबाट लडेर दुई जना घाइते
मकवानपुर । मकवानपुरमा भिरबाट लडेर दुई जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार, घाइते हुनेहरुमा भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले रहेका छन् । बिहीबार १३ वर्षीय...
माघी पर्वको अवसरमा सार्वजनिक विदा
धनगढी । सुदूरपश्चिम प्रदेशमा यही पुस २९ गते सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुष महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक विदा दिने...
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको...
जेसीबीको ठक्करबाट बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा ११ वर्षीया बालिकाको मृत्यु भएको हो । जेसीबीको ठक्करबाट नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको मृत्यु भएको प्रहरीले जनाएको छ...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेको थियो । केही दिनयता सेडयुल अनुसार बैठक बस्न...
अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेको एनबीसी वाशिंगटनले जनाएको छ...
रास्वपाका सभापति आज काठमाडौं अदालतमा उपस्थित हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएका सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका हुन् । पूर्व गृहमन्त्री समेत रहेका...
हेटौंडामा एक पुरुष मृत अवस्थामा भेटिए
मकवानपुर । मकवानपुरको हेटौंडामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । बिहीबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कस्थित श्याम सुन्दर तिवारीले संचालन गरेको चण्डिका होटलमा एक पुरुष मृत अवस्थामा भेटिएका हुन् । मृतक पुरुष मकवानपुरको राक्सिराङ गाउँपालिका ४ नम्बर वडाका २८ वर्षीय सरोज शाह रहेको जिल्ला प्रहरी कार्यलय...
राक्सिराङ्ग गाउँपालिकाको १७ औं हिउँदे अधिवेशन सम्पन्न
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको १७ औं हिउँदे अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राक्सिराङ्गको चैनपुरमा आयोजित अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिकराङ्गमा उनीहरुको संरक्षणमा सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।...
मउवा संघ: अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको साधारणसभा तथा निर्वाचन अन्तर्गत बिहीबार मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । संघको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर अध्यक्षसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका थिए । जस अनुसार, अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा प्रमोद सिं रानाभाट...








