समाचार

मकवानपुरमा डेंगु सक्रमितको संख्या २५ सयको हाराहारीमा पुग्यो

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या झण्डै २५ सयको हाराहारीमा पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ४ सय ९३ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार २ सय २ जना महिला...

दुई सुमो चालक मकवानपुर प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले दुई सुमो चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा–भैंसे सडकखण्ड अन्तरगत भीमफेदी गाउँपालिका–१ बागझोराबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त स्थानमा सवारी चालकमाथि विशेष चेकजाँच गरिरहेको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरी सुमो चलाउने दुई...

एमाले बैठक आज पनि जारी रहने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुने जनाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक आइतबारदेखि सुरु भएको हो । आज बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने कार्यतालिका...

मकवानपुरमा म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरमा पहिलो पटक म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता २०२५ हुँदैछ । प्रतियोगिता म्याथ एसोसियशन नेपाल बागमती प्रदेशकोे आयोजनामा हुन लागेको हो । एसोसियशनले यही पौष २६ गते मकवानपुरका ८ वटा शैक्षिक संस्थामा जिल्ला स्तरीय म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको हो । सो...

मकवानपुर प्रहरीद्वारा सात फरार प्रतिवादी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले आइतबार विभिन्न मुद्दामा फरार सात जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध, बैकिङ कसुर, अपराधि विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी, ज्यान सम्बन्धी कसुरलगायतको मुद्दामा फरार रहेका सात जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार, लागूऔषध गाँजा र चरेश...

मउवा संघः रानाभाटको टिम घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले आफ्नो नेतृत्वको टिम घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् यही पुष २७ गते हुने निर्वाचनमा आफ्नो नेतृत्वमा रहेका व्यवसायीहरुको नाम सार्वजनिक गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । रानाभाट...

मकवानपुर–काठमाडौं जोड्ने मातातीर्थ सडक आजदेखि १५ दिन बन्द हुने

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने मातातीर्थ सडक आज (पुष २२ गते) देखि १५ दिन बन्द हुने भएको छ । महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर, ५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गर्नु लागेको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।...

मउवा संघको वस्तुगत तर्फको सदस्यमा नेपालको उम्मेदवारी घोषणा

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको आसन्न निर्वाचनमा वस्तुगत तर्फको सदस्य पदमा राजु नेपालले उम्मेदवारी घोषणा गरेका छन् । मकवानपुर मुद्रण उद्योग संघको बनभोज कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् । कुनै पनि अध्यक्ष उम्मेदवारको प्यानलमा नभएको नेपाल सबैको साझा उम्मेदवार हुन् । बिगत १५ वर्षदेखि सबै व्यवसायीको...

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६...

लागूऔषधसहित मकवानपुरका युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शनिबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ पलासे बस्ने २२ वर्षीय सुदिप तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई मनहरी गाउँपालिका वडा नम्वर ८ बाट लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित पक्राउ गरिएको हो...