समाचार
‘मुलुकको विकास भनेको आर्थिक र भौतिक मात्रै होइन’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्रै नभएको बताएका छन् । राष्ट्रपति पौडेलले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा यस्तो बताउँदै मुलुकको विकासमा मावनीय पक्ष पनि रहेको बताएका हुन् । उनले श्रमको सम्मान गर्दै आर्थिक एवम् भौतिक विकासको माध्यमबाट...
संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन
काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले मंगलबार पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित बनेको भन्दै क्यालेन्डर बनाउन प्रस्ताव राखेका थिए...
देशभर ५५ वटा विमानस्थल
काठमाडौं । नेपालमा ५५ वटा विमानस्थल रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभरका १५ वटा पूर्णरुपमा बन्द, १६ वटा आंशिक सञ्चालन र २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा रहेका छन् । साथै एउटा आन्तरिक विमानस्थल भने लामो समयदेखि निर्माणाधीन अवस्थामा छ । केही विमानस्थल अझै अध्ययनको क्रममा...
आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक सिंहदरबारमा बस्नेछ । सो बैठकमा सरकारका नियमित काम–कारबाहीबारे छलफल र निर्णय हुने जनाइएको छ । मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर, हिजो सोमबार बैठक...
३३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३३ अंकले घटेको २५७६ बिन्दुमा ओर्लिएको हो । यसदिन कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ भने तीन कम्पनीको मूल्य...
हेटौंडामा मिडिया साझेदारी बैठक सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बैठक मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बसेको हो । नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा बसेको बैठकमा सहभागी सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवालले अहिलेको अवस्थमा जतिपनि जनघन्य...
भरूवा बन्दुकसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिससहित प्रहरीले गएराति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका–२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा...
मंगलबार सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै मंगलबार सुन तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ५० हजार...
राप्रपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आह्वान गरिएको छ । बैठक यही पुष १९ र २० गते काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको नेता राजाराम बर्तौलाले जानकारी दिए । सो बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति, पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र...
खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउँछौँः मन्त्री महर्जन
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण बनाइने बताएका छन् । बकैया गाउँपालिका ११ सिमातमा आयोजित खुल्ला कराते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै मन्त्री महर्जनले अन्तर्राष्ट्रिय जगतमा पहिचान स्थापित गराएका खेलाडीहरुको राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै आफ्नो कार्यकालमा...










